24 Sep, 2022

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तको कुल २५ लाख कित्ता सेयर आइपीओ आज स्वीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचिकृत भएको लघुवित्तको सेयर मध्ये संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर रहेको छ। लघुवित्तको उक्त आइपीओ आइतबार देखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको भोलिपल्टबाटै कारोबारमा आउने गर्छ तर भोलि शनिबार परेको अब आइतबारबाट अभियान लघुवित्तको सेयर कारोबारमा आउनेछ।नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ। अभियान लघुवित्तले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने साउन ३० गते गरिएको थियो।

Leave A Reply

Your email address will not be published.