1 Jun, 2022

इटहरी । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले पूर्वी तराईका विभिन्न शाखालाई कर्जा व्यवस्थापन तालिम प्रदान गरेको छ । अभियान लघुवित्त केन्द्रीय कार्यालयको आयोजनामा शुक्रबार भएको तालिमको उद्घाटन संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी गरेका थिए । अभियान लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा सुनसरी जिल्लाको इटहरी स्थित युवा विकास केन्द्रको हलमा भएको कार्यक्रममा भएको कर्जा व्यस्थापन सम्बन्धी तालिममा अनुगमन कार्यालय झुम्का र दमक क्षेत्रका ८ वटा शाखाका २७ जना सहभागीता रहेको अभियान लघुवित्तले जानकारी दिएको छ ।तालिममा कर्जा कसरी व्यवस्थापन गर्ने, कर्जा लिन योग्य व्याक्तिको छनोट कसरी गर्ने, कस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने जस्ता विषयमा प्रकाश पारिएको प्रमुख अधिकारीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.