14 May, 2023

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षको तेश्रो त्रैमासिक समीक्षा तथा आगामी आर्थिक वर्षको बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

होटल अरनिको, धुलिखेलमा वैशाख २८ र २९ गते गरेको गोष्ठीमा सातवटै प्रदेशका ६० वटा शाखा प्रमुख तथा केन्द्रीय कार्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष बाबुराम थापाले लघुवित्त क्षेत्रमा देखिएको परिवर्तित परिस्थितिको सामना गर्न तथा आगामी वर्षको लागि योजना बनाउन गोष्ठी अत्यन्त उपयोगी हुने बताए ।

समीक्षा गोष्ठीमा संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले लघुवित्त क्षेत्रको हालको चुनौती तथा सोको समाधानका उपायहरूको पहिचान गर्नमा शाखा प्रमुखहरूको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले लघुवित्त संस्थाका ग्राहक सदस्यहरूसँग सुमधुर व्यवहारकासाथ वित्तीय सेवा प्रदान गर्न निर्देशन दिए ।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरूले विभिन्न विषयमा प्राविधिक तालिम समेत प्रदान गरेका थिए ।

संस्थाका सञ्चालकद्वय केशव थापा र प्रविण झाको समेत सहभागिता रहेको कार्यक्रममा लघुवित्त विज्ञ ज्योतिचन्द्र ओझाले लघुवित्तको वर्तमान चुनौतीको सामना गर्नका लागि सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेका थिए ।

अभियान लघुवित्त वित्तीय संस्थाले सातवटै प्रदेशमा २१ जिल्लामा ६० वटा शाखा मार्फत २८ हजार ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । सर्वसाधारणलाई सेयर जारी गरिसकेको यस संस्थाको चुक्त पूँजी २५ करोड रहेको छ ।

Leave A Reply

Your email address will not be published.