1 Jun, 2022

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखालाई कर्जा व्यवस्थापन तालिम प्रदान गरेको छ ।अभियान लघुवित्त केन्द्रीय कार्यालयको आयोजनामा शुक्रबार भएको तालिमको उद्घाटन संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी गरेका थिए । धनुषाको लालगढ स्थित बौवा होटलमा भएको कर्जा व्यस्थापन तालिम अनुगमन कार्यालय रूपनी र ढल्केबर क्षेत्रका ८ वटा शाखाका २८ जना सहभागी भएका थिए । तालिममा कर्जा कसरी व्यवस्थापन गर्ने, कर्जा लिन योग्य व्याक्तिको छनोट कसरी गर्ने, कस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने जस्ता विषयमा प्रकाश पारिएको प्रमुख अधिकारीले जानकारी दिए।तालिममा सहभागी कर्मचारीलाई संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.