15 Jul, 2023
News And Events Comments Off on अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा बिहीबार पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको वर्तमान अवस्था र विद्यमान समस्या बारे जानकारी गराएका थिए ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । साथै सभाले सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाइलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गर्यो । सभामा पछिल्लो समय लघुवित्त माथि थपिएको चुनौतिका विषयमा छलफल चलेको थियो ।