17 Feb, 2023

फाल्गुन ५ खोलेसिमल-
अभियान लघुबित्त बित्तिय सस्था लि शाखा कार्यालय खोलेसिमलले ग्रामिण भेगका सदस्य तथा अभिभावक हरुलाइ एक दिने बित्तिय साक्षरता तालिम सञ्चालन गरेको छ ।खोलेसिमल शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सहिजिकरण साथै प्रस्तुतिकरण खोलेसिमल शाखाका शाखा प्रमुख श्री इन्द्र प्रसाद पाण्डेले गर्नुभएको थियो ।तालिममा शाखा प्रमुख श्री इन्द्र प्रसाद पाण्डेले बिमा , बचत ,ब्याज,हाल लघुवित्त सम्बन्धी देखिएको भ्रम, कर्जा ,कर्जा सदुपयोग कसरी गर्ने ,कुन अवस्थामा कर्जा लिने, वचतको महत्व , लघुवित्तको योगदान र आवश्यकता , खर्च गर्ने तरिका, थोरै कमाइबाट वचत कसरी गर्न सकिन्छ , कर्जा समयमा नतिर्दा हुन जाने नोक्सानी लगायत विषयवस्तुमा रहि प्रशिक्षण दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.