2 Jul, 2022

“राम्रो सीप हाम्रो अभियान, उत्पादनका लागि हाम्रो योगदान”भन्ने नाराका साथ, काभ्रे जिल्लाको पनौती नगरपालिका ०४, पनौतीमा केन्द्रिय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले चितवन जिल्लाको कालिका नगरपालिका ०६, खोलेसिमल स्थित खोलेसिमल शाखाले आफना ४५ जना सदस्यहरुलाई एक दिने पशुपालन तथा कृषि तालिम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम संस्थाको सञ्चालक समितिका सदस्य श्री भोजराज भट्टराई ज्यु ले पानसमा दीप प्रज्वलन गरि तालिमको उद्घाटन गर्नुभएको थियो। प्रशिक्षकमा श्री राम प्रसाद अधिकारी रहनु भएको थियो भने उक्त कार्यक्रमको अतिथीहरुमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार अधिकारी, अनुगमन विभागका विभागीय प्रमुख श्री टोप बहादुर थापा , कालिका नगरपालिका वडा नं.०६ का वडा सदस्य श्री प्रकाश तमाङको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.